चीनको हनान प्रान्तको चङ चौको य्वे शान रेलमार्ग क्षेत्रमा एउटा विशेष काम छः पहाडको जाँच गर्नु।
एक हजार किलोमिटर लामो सो क्षेत्र हनान तथा वल्लो शानसीको प्रान्तीय सीमामा पर्ने थाइहाङ पहाड छेउमा पर्दछ। यहाँ पहाडबाट बारम्बार ढुँगाहरू रेलमार्गको लीगमा खस्ने गर्दछ र ढुँगा रेलसँग ठोकेमा दुर्घटनाको सम्भावना धेरै छ।
रेलमार्गको सुरक्षित संचालनका लागि हरेक वर्षको वर्षा ऋतु आउनुअघि यस क्षेत्रको पहाड जाँच टोलीले लीग छेउमा पर्ने पहाडको जाँच गरेर झर्ने तथा खस्ने सम्भावना भएका ढुँगाहरूलाई निकाल्ने गर्दछन्। साथै उनीहरुले पहाडबाट खस्नसक्ने ढुँगाबाट रेल र रेलमार्गलार्इ जोगाउन पहाडका केही भागलार्इ जालोले पनि छोप्ने गर्दछन्। हरेक वर्ष यस जाँच टोलीले लगभग तीस पटक गरी पहाडको जाँच गर्ने गर्दछन्।
1 2 3 4 5 6