फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

67 हजार हेक्टर वन वैज्ञानिक व्यवस्थापन गरिने

(GMT+08:00) 2017-03-17 18:07:40

नेपालको वन तथा भू–संरक्षण मन्त्रालयले आगामी आव 074/75 मा 67 हजार हेक्टर वन क्षेत्रलाई वैज्ञानिक तवरले व्यवस्थापन गर्ने भएको छ। मन्त्रालयले काठको आपूर्ति व्यवस्थापन सहज बनाउन तथा गुणस्तर सुधार गर्ने उद्देश्यले वैज्ञानिक वन व्यवस्थापन गर्ने तयारी गरेको कारोबार अनलाइनले लेखेको छ।

आगामी आवका लागि योजना बनाउने क्रममा मन्त्रालयले 31 साझेदारी वनको व्यवस्थापन गर्ने तयारी गरिरहेको छ। वन विभागको तथ्यांकअनुसार राष्ट्रिय वनबाट 7 लाख क्यूफिट मात्रै काठ उत्पादन भइरहेको छ।

अहिले उत्पादन 0.7 क्यूफिट परहेक्टर छ। यदि 10 लाख हेक्टर वनलाई वैज्ञानिक वन व्यवस्थापन ग¥यो भने 2 मिटर क्यू परहेक्टर हुनसक्ने विज्ञहरूको तर्क छ। वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले वनको गुणस्तर सुधार गर्न वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो।

"न्यूनतम 1 मिटर (35) क्यूफिट काठ उत्पादन हुन सक्छ र अहिले जम्मा 0.7 क्यूफिट काठ उत्पादन भइरहेको छ, वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रममार्फत 3 वर्षको अवधिमा आयतित प्रतिस्थापन गर्न सकिन्छ," उहाँले भन्नुभयो, "आगामी आवका लागि बनाइएको योजनामा 67 हजार हेक्टर वन व्यवस्थापन गरेर 1 करोड क्यूफिट काठ उत्पादन गर्ने लक्ष्य लिएका छौं।"

उहाँका अनुसार समुदाय तथा सरोकारवाला निकायबीच बुझाइमा फरक र क्षमतामा कमी भएकाले चुनौती रहेको बताउनुभयो। 15 हजार हेक्टर वन व्यवस्थापन गर्न सके 5 लाख क्यूफिट काठ उत्पादन गर्न सकिने उहाँको भनाइ छ।

http://www.karobardaily.com/news/74496

जानकारी तथा लेखहरु