फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उप प्रधानमन्त्री र पाकिस्तानी सेना प्रमुखबीच भेट-वार्ता

(GMT+08:00) 2017-03-17 18:08:50

चीनका उप प्रधानमन्त्री चाङ काउ लीले हिजो मार्च सोह्र तारिख पैचिंगमा पाकिस्तानी नौ सेनाका चिफ अफ स्टाफ कमर जवेद बाजवासँग भेट-वार्ता गर्नुभयो।

उप प्रधानमन्त्री चाङले चीन र पाकिस्तान सदाबहार रणनीतिक साझेदारी रहेको भन्दै केही वर्षदेखि चीन र पाकिस्तान बीचको सम्बन्ध द्रुत गतिले विकास भइरहेको उल्लेख गर्नुभयो। उहाँले दुवै मुलुक बीचको उच्चस्तरको आदान-प्रदान धेरै पटक भएको बताउँदै "एक पेटी एक मार्ग"मा साझा समृद्धिको आधार संयुक्त रुपमा बढाइएको बताउनुभयो। चीन र पाकिस्तान आर्थिक करिडोरको निर्माण गर्ने, सुरक्षा सहयोगलाई सबल पार्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा सहयोग गर्ने आशा चीनले लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

पाकिस्तानी चिफ अफ स्टाफ कमरले चीनसँगको सम्बन्ध पाकिस्तानको परराष्ट्र नीतिको आधार रहेको भन्दै पाकिस्तानी सेनाले दुवै मुलुक बीचको मैत्री सम्बन्धलाई सधैँ कडा समर्थन गरिरहेको बताउनुभयो। उहाँले पाकिस्तानी सेनाले चीन र पाकिस्तानको आर्थिक करिडोरको निर्माणमा उच्च ध्यान दिनुका साथै आर्थिक करिडोरको सुरक्षा कडा संरक्षण गर्ने औँल्याउनुभयो।

जानकारी तथा लेखहरु