फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतका लागि चिनियाँ राजदूत र भारतीय रेलमन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2017-03-17 18:09:14

हिजो मार्च सोह्र तारिख भारतका लागि चिनियाँ राजदूत लो चाउ ह्वैले भारतका रेलमार्ग मन्त्री सुरेश प्रभुसँग भेट-वार्ता गर्नुभयो। सो अवसरमा चीन र भारत बीचको रेलमार्गको सहयोग र विकासको भविष्यबारे छलफल भएको छ।

राजदूत लोले केही वर्षदेखि चीनको रेलमार्ग विकासको अवस्थाबारे जानकारी दिनुभयो। उहाँले रेलमार्गको निमार्णमा चीनसँग विकसित प्रबिधि र व्यवस्थापन अनुभव रहेको बताउँदै भारतको राजमार्गको निश्चित विकास शक्ति धेरै ठूलो रहेको उल्लेख गर्नुभयो। दुवै पक्षले सहोगलाई सबल पार्ने साझा समृद्धि साकार तुल्याउने पनि राजदूत लोले बताउनुभयो।

भारतीय रेलमन्त्री सुरेश प्रभुले केही वर्षदेखि चीनको रेलमार्गको विकासमा प्राप्त सफलताको प्रशंसा गर्दै द्बीपक्षीय रेलमार्ग सहयोग कार्य प्रणाली निर्माण गर्ने सम्बन्धी सम्झौता प्रस्तुत गर्नुभयो।

जानकारी तथा लेखहरु