फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तनकी पुरातात्विक सम्पदा चीनमा पहिलो पटक प्रदर्शन

(GMT+08:00) 2017-03-17 18:09:37

अफगानिस्तान राष्ट्रिय संग्रहालयको सम्पदा प्रदर्शनी आज मार्च सत्र तारिख चीनको कु कुंग दरबार संग्रहालयमा शुरु भयो। 231 वटा अफगानिस्तान विशेष सांस्कृतिक पुरातात्विक सम्पदा पहिलो पटक चीनमा प्रदर्शन गरिएको हो।

यी 231 वटा बहुमूल्य सांस्कृतिक पुरातात्विक सम्पदाले ईशापूर्व तेस्रो शताब्दीदेखि पहिलो शताब्दीसम्म अफगानिस्तानको सांस्कृतिक इतिहास झल्काउने गर्दछन्।

कु कुंग दरबार संग्रहालयका प्रमुख शाङ ची स्याङले यी सांस्कृतिक पुरातात्विक सम्पदाबाट अफगानिस्तानको ऐतिहासिक प्रतिनिधित्व मात्र नगरेर अफगानिस्तानी जनताको भविष्यको आशालाई पनि झल्काएको जनाउनुभयो।

जानकारी तथा लेखहरु