फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाड सम्बन्धी चीनको परराष्ट्रमन्त्रालयको प्रतिक्रिया

(GMT+08:00) 2017-03-17 19:31:48

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले चीनले दक्षिण कोरियामा स्थापित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली थाडको विरोध गर्ने कारण प्रशस्त तथा जायज भएको भन्दै सम्बन्धित पक्षलाई यो समस्याको सार र चीनको उचित ध्यानमाथि सही रुपमा हेरी थाडलाई तुरुन्तै रोक्न चीनले ताकिता गरेको बताउनुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। दक्षिण कोरियाले उत्तर कोरियाको आणविक धम्कीको प्रतिरोध गर्न थाड तयारी गरेको भन्दै चीनलाई बताएको तर चीनले त्यसलाई स्वीकार नगरेको उहाँले बताउनुभयो। प्रवक्ता ह्वाले दक्षिण कोरियाले आफ्नो सुरक्षामाथि ध्यान दिएकोबारे चीनले बुझेको तर थाडले क्षेत्रीय रणनीतिक सन्तुलनलाई बिगारेर कोरियाली प्रायद्वीपको शान्ति तथा स्थिरता भङ्ग गरेकाले चीनको चिन्ता रहेको बताउनुभयो। यसले दक्षिण कोरियालाई असुरक्षित अवस्थामा ल्याउने सम्भावना रहेको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु