फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको व्यापार घाटा 66 प्रतिशतले बढेर 5 खर्ब 13 अर्ब पुग्यो

(GMT+08:00) 2017-03-18 14:45:45

चालु आर्थिक वर्षको पहिलो 7 महिनामा नेपालको व्यापार घाटा 66 प्रतिशतले बढेर 5 खर्ब 13 अर्ब 98 करोड रुपैयाँ पुगेको छ। विभिन्न मुलुकबाट हुने आयात 60 दशमलव 8 प्रतिशतले बढेका कारण व्यापार घाटा आकासिएर 5 खर्ब 13 अर्ब 98 करोड रुपैयाँ पुगेको कारोबार अनलाइनले लेखेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म 5 खर्ब 56 अर्ब 16 करोड रुपैयाँका वस्तु आयात गरिएका छन्। भारतबाट भएको आयात 80 दशमलव 1, चीनबाट भएको आयात 31 दशमलव 9 र अन्य मुलुकबाट भएको आयात 34 दशमलव 8 प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा र सिमेन्टको आयात बढेको छ। रासायनिक मल, औषधि र सुपारीको आयात भने घटेको राष्ट्र बैंकले जनाएको छ। आयात उल्लेख्य बढेकामा निर्यात भने जम्मा 15 दशमलव 2 प्रतिशतले वृद्धि भएको छ।

माघ मसान्तसम्म 42 अर्ब 18 करोड रुपैयाँका वस्तु निर्यात गरिएका छन्। भारततर्फ 18 दशमलव 2, चीनतर्फ 54 दशमलव 2 र अन्य मुलुकतर्फ 9 दशमलव 7 प्रतिशतले निर्यात बढेको छ। वस्तुगत आधारमा जुस, पिना, रोजिन, जि.आई.पाईप लगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, पोलिष्टर यार्न, तरकारी, अदुवा लगायतका वस्तुको निर्यात घटेको छ।

राष्ट्र बैंकका अनुसार भैरहवा भन्सार, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार र विराटनगर भन्सार नाकाबाट भएको निर्यातमा कमी आएको छ।

http://www.karobardaily.com/news/74547

जानकारी तथा लेखहरु