फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरियाली सम्भावित राष्ट्रपतिका उम्मेदवारद्वारा थाड रद्द गर्न आह्वान

(GMT+08:00) 2017-03-18 14:46:39

दक्षिण कोरियाको प्रमुख विपक्षी दल मिन्जू पार्टीले मार्च सत्र तारिख आफ्नो दलबाट राष्ट्रपति उम्मेवार छनौटको टेलिभिजन बहस आयोजना गरेको छ। सो अवसरमा दलका सदस्य एवं दक्षिण कोरियाली सेओँनाम शहरका मेयर ली जाए म्युङले दक्षिण कोरियामा थाड प्रणाली रद्द गर्न आह्वान गर्नुभयो।

ली जाए म्युङको विचारमा थाडले सैन्य जोखिम बढाउनसक्छ जसबाट दक्षिण कोरियालाई प्रहार लक्ष्यको रुपमा राखेर दक्षिण कोरियामाथि सुरक्षा संकट देखा पर्ने विचार व्यक्त गर्नुभयो। दक्षिण कोरियाले थाड प्रणाली रद्द गरी दक्षिण कोरिया-चीन सम्बन्ध विशेष गरी दुई देशबीचको आर्थिक सम्बन्धमाथि प्रभाव पार्न नहुने कुरा पनि उहाँले दोहोर्‍याउनुभयो।

आगामी मेइ महिनाको नौ तारिख दक्षिण कोरियामा राष्ट्रपति चुनाव आयोजना हुँदैछ। जनमतका अनुसार, पहिलो चार स्थानमा रहेका राष्ट्रपतिका उम्मेदवार सबै विपक्षी दलका सदस्य हुन्। तीमध्ये तीन जना मिन्जू पार्टीका छन्।

जानकारी तथा लेखहरु