फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डेनमार्कले चोइ सून सिलकी छोरीलाई दक्षिण कोरिया सुपुर्दगी गर्ने

(GMT+08:00) 2017-03-18 14:47:52

डेनमार्कका महान्याधिवक्ता कार्यालयले मार्च सत्र तारिख घोषणा गरेअनुसार, डेनमार्कले दक्षिण कोरियाको राजनीतिक मामिलामा हस्तक्षेप गर्ने गतिबिधिको मुख्य व्यक्ति छोइ सून सिलकी छोरीलाई दक्षिण कोरियामा सुपुर्दगी गर्नेछ।

डेनमार्क महान्यायाधिवक्ता कार्यालयले प्रकाशित गरेको वक्तव्य अनुसार, डेनमार्कले उक्त मुद्दाबारे चौतर्फी जाँच गरी डेनमार्क सुपुर्दगी ऐनसँग अनुकूल रहेको निश्चित गरेको छ। चोइ सून सिलकी छोरीले तीन दिनभित्र डेनमार्क अदालतमा पुनरोवेदन गर्न सक्नेछिन्। डेनमार्कका संचारमाध्यमका अनुसार, चोइ सून सिलकी छोरीले पुनरोवेदन गर्ने उनका वकिलले बताएका छन्।

गत जनवरी एक तारिख राति चोइ सून सिलकी छोरीलाई उत्तरी डेनमार्कको आलपर्ग शहरबाट स्थानीय प्रहरीले अवैध निवासको रुपमा पक्राउ गरेको थियो। त्यसपछि दक्षिण कोरियाले डेनमार्क सरकारसँग उनलाई सुपुर्दगी गर्न आग्रह गर्दै आएको छ।

जानकारी तथा लेखहरु