फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फिलिपिन्सका राष्ट्रपति र चिनियाँ उपप्रधानमन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2017-03-18 14:48:25

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले हिजो मार्च 17 तारिख डावाओ शहरमा फिलिपिन्सको औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ उपप्रधानमन्त्री वाङ्ग याङ्गसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा राष्ट्रपति डुटेर्टेले उपप्रधानमन्त्री वाङ्गलाई चिनियाँ राष्ट्राध्यक्ष र चिनियाँ जनताप्रति आफ्नो सदिच्छापूर्ण बधाई र शुभकामना लगिदिन अनुरोध गर्नुभएको छ। उहाँका अनुसार फिलिपिन्स र चीनबीचको सम्बन्ध दिनप्रति दिन घनिष्ट बन्दै गएको छ। फिलिपिन्सले निरन्तर रुपमा चीनसँग खास तथा प्रभावकारी सहयोग गर्दै आपसी शक्तिशाली तथा बलियो द्बिपक्षीय सम्बन्धको संरक्षण गर्दै जाने छ।

उपप्रधानमन्त्री वाङ्गका अनुसार दुबै मुलुकबीचको भावी सहयोगात्मक सम्बन्ध विशाल हुने छ। चीनले फिलिपिन्ससँग आपसी सहयोगलाई खास बनाउँदै वार्तामार्फत दक्षिण चीन सागर समस्याको उचित समाधान गर्ने आशा राखेको छ।

फिलिपिन्स भ्रमणका अवसरमा उपप्रधानमन्त्री वाङ्गले फिलिपिन्सको मन्त्रीमण्डलको अर्थ व्यवस्थापन समूहसँग भेटवार्ता गर्नुका साथै चीन-आशियान पर्यटन सहयोग वर्षको उद्घाटन समारोहमा भाग लिननुभएको छ। आज मार्च अठार तारिख आयोजना भएको चीन फिलिपिन्स आर्थिक तथा व्यापारिक सहयोग मञ्चमा दुबै मुलुकले चीन फिलिपिन्स आर्थिक तथा व्यापारिक सहयोग छ वर्षिय विकास योजना आदि सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरेका छन्।

जानकारी तथा लेखहरु