फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियालाई आणविक अस्त्र त्याग गराउन सबै विकल्प प्रयोग गरिने अमेरिकी विदेशमन्त्रीको भनाइ

(GMT+08:00) 2017-03-18 14:50:58

दक्षिण कोरिया भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री रेक्स टेलर्सनले हिजो मार्च सत्र तारिख सोलमा उत्तर कोरियाप्रति लिइएको"रणनीतिक धैर्य" नीति अन्तमा पुगेको भन्दै उत्तर कोरियालाई आणविक हतियार त्याग गराउन सबै सम्भावना छान्नुपर्ने बताउनु भएको छ। उहाँका अनुसार अमेरिकाले कुटनीति,सुरक्षा,अर्थतन्त्र आदि विभिन्न पक्षबाट हुने सबै कदमले उत्तर कोरियालाई आणविक हतियार त्याग गराउने भएको छ। उत्तर कोरियाले आणविक हतियार र क्षेप्यास्त्रको विकास त्याग गरे मात्रै राजनीतिक सुरक्षा र आर्थिक समृद्धिको स्वागत गर्न सकिने उहाँले बताउनुभयो।

परराष्ट्र मन्त्री टेलर्सनले गत सोह्र तारिख जापान भ्रमणका अवसरमा बिगत बीस वर्षमा अमेरिकाले उत्तर कोरियालाई आणविकरहित अवस्थामा फर्काउनका लागि प्रयोग गरेको सबै कुटनीति र प्रयास विफल भएको बताउनुभएको थियो। उत्तर कोरिया सम्बन्धी उक्त धारणाबाट दक्षिण कोरियामा विवाद उठेको देखिन्छ। यस धारणाबाट कोरियाली प्रायद्बीपमा सैनिकीकरण चर्काउने अवस्था भएको भन्दै दक्षिण कोरियाको स्वतन्त्र लोकतान्त्रिक पार्टीले चिन्ता व्यक्त गरेको छ।

जानकारी तथा लेखहरु