फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्र संघद्बारा"एक पेटी एक मार्ग"लाई प्रवर्द्धन गर्न आव्हान

(GMT+08:00) 2017-03-18 14:51:39

मार्च 17 तारिख संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले मतदान गरी अफ्गानिस्तान समस्या सम्बन्धी 2344 नम्बरको निर्णय पारित गरेको छ। सो निर्णयमा अन्तर्राष्ट्रिय समाजले एकताबद्ध भएर अफ्गानिस्तान समहतिका लागि प्रयास गर्दै"एक पेटी एक मार्ग" निर्माणमार्फत क्षेत्रीय आर्थिक सहयोगलाई मजबुत बनाउन आव्हान गरेको छ।

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि ल्यु चे यीले सञ्चार माध्यमलाई जानकारी दिनुभएअनुसार यस वर्षको जनवरीमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले जेनेभास्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा महत्वपूर्ण मनतव्य दिँदै मानव जातिको संयुक्त समुदायको निर्माणलाई गहन व्याख्या गर्नुभएको थियो। 2344 नम्बरको निर्णयले प्रथमतः मानव जातिको संयुक समुदायको निर्माण भन्ने विषय बोकेको छ जसबाट चीनको धारणा र चीनको प्रस्तावले सारा विश्वको व्यवस्थापनमा महत्वपूर्ण योगदान गरेको प्रतिबिन्वित भएको छ। यस निर्णयमा एक पेटी एक मार्ग सम्बन्धी विषयले निकट भविषयमा पैचिङ्गमा आयोजना हुने"एक पेटी एक मार्ग"अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनका लागि असल वातावरण सिर्जना गरेको छ।

जानकारी तथा लेखहरु