फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीचको कोरला नाका खोल्न स्थायी सुरक्षा क्याम्प स्थापना

(GMT+08:00) 2017-03-19 14:13:53

नेपाल र चीनको स्वायत्त प्रदेश तिब्बतसँगको कोरला नाकालाई दीर्घकालीन रूपमा सुचारु गर्नुअघि नेपालले त्यसक्षेत्र नजिकै नेपाली सेना र सशस्त्र प्रहरी वल (एपीएफ)को स्थायी क्याम्प स्थापना गर्ने भएको छ।

चीनले व्यापारिक प्रयोजनका लागि उक्त नाका सञ्चालन गर्न भरपर्दो सुरक्षा प्रत्याभूति खोजेपछि सरकारले सेना र सशस्त्रको क्याम्प स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाएको कारोबार अनलाइनले लेखेको छ।

सशस्त्र प्रहरीले भने ब्यारेक स्थापनासम्बन्धी प्रस्ताव आइनसकेको जनाएको छ। "मन्त्रालयमा छलफलका क्रममा होला, हामीलाई यस विषयमा जानकारी आइसकेको छैन," सशस्त्र प्रहरी सीमा सुरक्षा विभागका एआइजी प्रकाश ओझाले भन्नुभयो, "यद्यपि त्यस क्षेत्रको सुरक्षा संवेदनशीलताप्रति हामी गम्भीर छौं।"

नेपाल–चीनबीचको 1 हजार 4 सय 39 किमि क्षेत्रभित्र दुवै मुलुकका नागरिक परिचयपत्र देखाएर 30 किलोमिटर वारपार गर्न पाउने सन्धीसम्झौतामा उल्लेख भए पनि स्वतन्त्र तिब्बतका नाममा हुने सम्भावित गतिविधि नियन्त्रणमा चालिएका कदमप्रति आश्वस्त नहुँदा उक्त सुविधाबाट नेपाली पक्ष बञ्चित हुँदै आएको छ।

सरकारले उचित पहल गरे तातोपानी भन्दा हिल्सा, कोरला, संखुवासभाको किमाथांका र रसुवागढी–केरुङ नाका नेपालका लागि हितमा रहेको जानकारहरू बताउँछन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी चीन भ्रमणका बेला पनि नेपालले कोरला नाका नियमित रूपमा सञ्चालन गर्न औपचारिक प्रस्ताव गर्ने स्रोतले जानकारी दियो। कोरला नाका सुचारु गर्नकै लागि चीनले गतवर्ष 5 महिनाको अवधिमा नेपाल तर्फको कोरला नाका जोड्ने 20 किमि सडक निर्माण गरिसकेको छ।

स्वतन्त्र तिब्बतको पक्षमा सम्भावित गतिबिधि हुनसक्ने र नाका नियमित सञ्चालनमा आए त्यसले थप वढावा पाउने आशंका नेपाली पक्षलाई चिनियाँ अधिकारीले गरेका छन्। वाणिज्य मन्त्रालय स्रोतका अनुसार चिनियाँ पक्षको उक्त चासो र चिन्ता सम्बोधन गर्न सुरक्षा प्रत्याभूति दिलाउने गरी प्रक्रिया अघि बढाइएको हो। युरेनियम खानी सुरक्षाका लागि गत साउनमा सरकारले मुस्ताङमा सैनिक क्याम्प राख्ने सैद्दान्तिक स्वीकृति दिइसकेको छ।

त्यसबाहेक कोरला नाका नजिकै सशस्त्रको पनि ब्यारेक बनाउने कार्य अघि बढाउने तयारी रहेको मन्त्रीपरिषद कार्यालय स्रोतले पनि जानकारी दियो। कोरलासहित बन्द भएका र पूर्वाधार विकास भइसकेका नाका खोल्न चीनले भरपर्दो सुरक्षा प्रत्याभूति र एक चीन नीतिमा भरपर्दो प्रत्याभूति खोजेको हो।

http://www.karobardaily.com/news/74587

जानकारी तथा लेखहरु