फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुक वित्तमन्त्री र केन्द्रीय बैङ्कका गभर्नर सम्मेलन जर्मनीमा

(GMT+08:00) 2017-03-19 14:15:03

सन् 2017 जनवरी एक तारिखदेखि चीनले ब्रिक्स मुलुक समूहको अध्यक्षता गरेको छ। ब्रिक्सको नवौँ शिखर सम्मेलन पनि आगामी नोभेम्बरमा फु च्येन प्रान्तीय स्या मन शहरमा आयोजना हुनेछ। यसअघि मार्च सत्र तारिख यसै वर्षमा ब्रिक्स मुलुक वित्तमन्त्री र केन्द्रीय बैङ्कका गभर्नरको पहिलो सम्मेलन जर्मनीको बाडेनबाडेनमा आयोजना भएको छ। चीनका वित्तमन्त्री स्याउ च्ये र चीनको जन बैङ्कका गभर्नर चौ स्याउ छ्वानले सम्मेलनको अध्यक्षता गर्नुभयो। ब्रिक्सका अरु सदस्य मुलुकका वित्तमन्त्री र केन्द्रीय बैङ्कका गभर्नर तथा विकास बैङ्कका गभर्नर पनि सो सम्मेलनमा सहभागी हुनुभयो। सम्मेलनमा समष्टिगत आर्थिक स्थिति र नीति, जी बीस वित्तीय एजेन्डा, व्यावहारिक वित्तीय सहयोगलगायत विषयबारे छलफल भएको छ भने वार्षिय कार्य योजनालाई पनि पारित भएको छ।

सो अवसरमा चीनका वित्तमन्त्री स्याउ च्येले केही वर्षयता ब्रिक्स मुलुकले वित्तीय क्षेत्रमा समन्वय र सहयोगलाई बढाएर ब्रिक्स मुलुक तथा विश्वको आर्थिक बृद्धि, विश्व आर्थिक व्यवस्थापनको सुधार गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो।

चीनको जन बैङ्कका गभर्नर चौ स्याउ छ्वानले चीनको आर्थिक बृद्धिदर स्थिर भएको भन्दै चीनको वित्तीय प्रणाली पनि स्वस्थ भएको व्यक्त गर्नुभयो। ब्रिक्स मुलुकले जी बीसको प्रारुपमा सहयोग बढाउनुपर्ने कुरा जोड दिनुभयो।

जानकारी तथा लेखहरु