फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरियाली प्रायद्वीप आणविक समस्यासम्बन्धी चीनको भनाइ

(GMT+08:00) 2017-03-19 14:15:36

चीनका परराष्ट्रमन्त्री वाङ यीले मार्च अठार तारिख अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेट गरेपछि पत्रकारसँग कुराकानी गर्नुभयो। सो अवसरमा उहाँले कोरियाली प्रायद्वीपको आणविक समस्याबारे चर्चा गर्दै विभिन्न पक्षले संयमता अपनाएर परिस्थितिको उचित तथा बुद्धिमानीपूर्ण रुपमा सामना गर्ने आशा चीनले लिएको बताउनुभयो।

परराष्ट्रमन्त्री वाङ यीले कोरियाली प्रायद्वीपको आणविक समस्यामा चीनले आणविकरहित र वार्तामार्फत त्यसको समाधान गर्ने अडान लिइरहेको व्यक्त गर्नुभयो। उहाँले यस पटक आफूले विदेशमन्त्री टिलर्सनसँग त्यसबारे गहिरो रुपमा छलफल गरी ठूलो प्रवृत्तिमा आधारभूत सहमत सम्पन्न गरेको जानकारी दिनुभयो। कोरियाली प्रायद्वीपलाई आणविकरहित बनाउने, सुरक्षा परिषदका सम्बन्धित निर्णयलाई कडा लागू गर्ने, पुनःवार्ताको लागि प्रयास गर्ने कुरामा दुई पक्षबीच सहमत सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो। वाङ यीले दुई पक्षले यस्तो वार्तालाई निरन्तरता लिने इच्छा लिएको पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु