फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी र अमेरिकी विदेशमन्त्रीबीच भेट वार्ता

(GMT+08:00) 2017-03-19 14:16:03

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज मार्च उन्नाइस तारिख जन बृहत्त सभा भवनमा अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेट वार्ता गर्नुभयो।

सो अवसरमा सी चिन फिङले हाल चीन-अमेरिकासमक्ष महत्वपूर्ण विकास अवसर देखा परेको उल्लेख गर्नुभयो। आफूले अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पसँग टेलिफोन गरी चीन र अमेरिका निकै असल सहयोगी साझेदारी हुनसक्ने विचार लिएको उहाँले व्यक्त गर्नुभयो। राष्ट्राध्यक्ष सी चिन फिङले चीन-अमेरिका सम्बन्ध दुई देश र विश्वको लागि महत्वपूर्ण भएको भन्दै दुई पक्षले इतिहास र भावी सन्ततीप्रति जिम्मेवार हुँदै चीन-अमेरिका सम्बन्धको विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो। चीन र अमेरिकाबीचको मतभेदभन्दा फाइदाका विषय धेरै भएको भन्दै त्यसैले सहकार्य नै दुई पक्षको एक मात्रै सही छनौट रहेको उहाँले बताउनुभयो।

प्रत्युत्तरमा अमेरिकी विदेश मन्त्री टिलर्सनले सी चिन फिङलाई राष्ट्रपति ट्रम्पको शुभकामना सन्देश सुनाउनुभयो। राष्ट्रपति ट्रम्पले राष्ट्राध्यक्ष सी चिन फिङसँगको टेलिफोन वार्तामा निकै ध्यान दिनुका साथै दुई देशका शिखर वार्ताको अपेक्षा लिएको उहाँले उल्लेख गर्नुभयो। अमेरिकाले आपसी सम्मान गर्ने र आपसी सहयोग गरी साझा फाइदा हुने अनुभव लिएर चीनसँगको सम्बन्ध विकास गरेर संयुक्त रुपमा अन्तर्राष्ट्रिय समूहसमक्ष देखिने चुनौतिको सामना गर्ने इच्छा लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु