फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्री र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2017-03-19 14:31:07

चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले हिजो मार्च अठार तारिख पैचिङ्गमा चीन भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री रेक्स टेलर्सनसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा परराष्ट्र मन्त्री वाङ्गले अमेरिकी विदेशीमन्त्री टेलर्सनलाई स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियुक्त भएदेखि यता दुई पक्षको संयुक्त प्रयासमा चीन र अमेरिकाबीचको सम्बन्ध सकारात्मक दिशातर्फ स्थिर रुपमा विकसित हुँदै गएको बताउनुभयो। चीनले अमेरिकासँग यी दुबै मुलुकका नेतागणद्बारा पाइएको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्दै आपसी सम्बन्धलाई उचित बाटोमा स्वस्थ तथा स्थिर विकास गर्न प्रवर्द्धन गर्ने आशा गरेको छ।

विदेशीमन्त्री टेलर्सनले अमेरिका र चीनबीचको दौत्य सम्बन्ध स्थापना भएको चालिस वर्षयता द्बिपक्षीय सम्बन्धमा ठूलो उपलब्धि भएको बताउनुभयो। लगातार परिवर्तन गरिरहेको अन्तर्राष्ट्रिय परिस्थितिमा यी दुबै मुलुकले आपसी सहयोगलाई घनिष्ट बनाउँदै सम्मान र साझा हितको भावना लिई अझ बढी तथा व्यापक सहयोग खोज्न प्रयास गर्न सक्ने कुरामा उहाँले जोड दिनुभयो।

दुबै पक्षले वर्तमान कोरियाली प्रायद्बीपको परिस्थिति र अन्य साझा अभिरुची समस्याबारेमा बैचारक आदानप्रदान गरेका छन्। साथै परराष्ट्र मन्त्री वाङ्गले चीनद्बारा अमेरिकाको "थाड" सम्बन्धी बन्दोबस्तलाई विरोध गरेको अडान पुनःपुष्टि गर्नुभएको छ।

जानकारी तथा लेखहरु