फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा विदेशी उद्योगलाई अझै बढी अवसर

(GMT+08:00) 2017-03-19 14:32:04

विश्वमा लोकप्रियतावाद,संरक्षणवाद,व्यापार संरक्षणवाद जेसुकै प्रवृत्ति देखिए पनि चीनको सुधार तथा खुलापन ढोका सधैँ खुल्ला रहने चीनका उपवाणिज्यमन्त्रीले बताउनु भएको छ। हिजो मार्च अठार तारिख आयोजित"चीनको विकास उच्चस्तरीय मञ्च 2017"आर्थिक शिखर सम्मेलनमा उपवाणिज्य उपमन्त्री वाङ्ग श्वौ वनले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार वर्तमान विश्वमा दुई प्रवृत्ति देखा परेका छन्। विश्वव्यापीकरणको विकसित प्रवृत्ति बढ्दै गएको छ भने केही स्थानमा विश्वव्यापीकरणको गति ढिलो हुँदै यसको उल्टो गतिको अवस्था सिर्जना भएको छ। केही मुलुकले चीनलाई शृङ्खलाबद्ध रुफमा व्यापारिक सीमितता बनाउन कदम चलाएको उल्लेख गर्दै उहाँले यस्तो अवस्थाबाट चीनको व्यापारिक प्रणालीसँग समस्या रहेको अभिव्यक्त भएको केही धारणा देखिएको उहाँले बताउनुभयो। वाणिज्य उपमन्त्री वाङ्गले यो एक गलत धारणा हो भन्दै वास्तवमा विदेशी पूँजीका लागि झन झन बढी राम्रो वातावरण सिर्जना गर्दै गएको चीनको व्यापारिक प्रणाली सधैं सम्बन्धित अन्तर्राष्ट्रिय नियमसित अनुकूल भएको प्रष्ट्याउनु भएको छ। उहाँका अनुसार चीनले द्दढतका साथ खुलापनलाई विस्तार गर्दै अन्तर्राष्ट्रिय आर्थिक सहयोगमा सक्रिय भाग लिँदै जाने छ। चीनले विदेशी उद्योगलाई स्वागत गर्दै अझ बढी अवसर प्रदान गर्दै जाने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु