फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आजदेखि नेपालमा सुरु संयुक्त सैन्य अभ्यासमा 28 मुलुकका 1 हजार 24 सैनिक

(GMT+08:00) 2017-03-20 13:51:41

राष्ट्रसंघको शान्ति मिसनमा काम गर्दा सहज होस् भन्ने हेतुले आयोजना गरिने 'बहुराष्ट्रिय शान्ति प्रयास–3 प्रशिक्षण' चैत 7 देखि 21 गते सम्मका लागि काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सोमबारदेखि आयोजना गरिएको छ। नेपाली सेनाले तेस्रो पटक आयोजना गरेको प्रशिक्षणमा भारत र चीन बाहेक 28 मुलुकका 1 हजार 24 सैनिक सहभागी छन्।

ईकान्तिपुर अनलाईनका अनुसार नेपालले यसअघि सन् 2000 र 2013 मा यस्तो प्रशिक्षण गरेको थियो। बंगलादेश, इन्डोनेसिया, थाइल्यान्ड, मंगोलिया, श्रीलंकालगायत मुलुकले हरेक वर्ष विभिन्न नाममा शान्ति मिसनमा मिलेर काम गर्न सहज होस् भनेर उक्त प्रशिक्षण गर्दै आएका छन्।

प्रशिक्षणमा नेपाल, बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया, मंगोलिया, फिलिपिन्स, श्रीलंका, भियतनाम, बोस्निया हर्जगोभिना, घाना, रुवान्डा, जोर्डन, कजाकस्तान, पाकिस्तान, पाराग्वे, फिजी, मेक्सिको, उरुग्वे, अस्ट्रेलिया, क्यानडा, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया, बेलायत र अमेरिका सहभागी छन्। नेपाली सेनाले व्यवस्थापनको पूर्ण व्यवस्था गरे पनि यसको प्रशासन र आर्थिक पक्षमा नेपाली सेना र अमेरिकी प्यासिफिक कमान्डले संयुक्त रूपमा बेहोर्ने छन्।

अमेरिकाको प्यासिफिक कमान्डका कमान्डर एडमिरल हेरी बी हेरिस जेआर पनि नेपाल पुग्नुभएको छ भने प्रशिक्षणसँगै हुने क्षेत्रीय अभ्यास सेमिनारमा भाग लिन राष्ट्रसंघका महासचिवका शान्ति मिसन अपरेसनका सुरक्षा सल्लाहकार लेफटिनेन्ट जनरल कार्लोस हुम्बेर्टो पनि पुग्ने जनाइएको छ।

जानकारी तथा लेखहरु