फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी नेपालमा चौँरी महोत्सव गरिँदै

(GMT+08:00) 2017-03-20 14:09:19

चौँरी पालन विकासका लागि पाँचथरको फालेलुङ गाउँपालिका–4 चाररातेमा चौँरी महोत्सव गर्ने तयारी भइरहेको छ। फालेलुङको सिदिन, मेमेङ, प्राङ्बुङ क्षेत्रको पर्यटनको समेत विकास गर्ने गरी किसानको अगुवाईमा चौँरी महोत्सव गर्न लागिएको गोरखापत्र अनलाईनले जनाएको छ।

सुर्केथाम दुग्ध सहकारी संस्था र फालेलुङ चौँरी पालक कृषक समुहको आयोजनामा 2074 वैशाख 1 गते महोत्सव गर्न लागिएको हो। महोत्सव भव्यताले सम्पन्न गर्न 'चौँरी पर्या पर्यटन महोत्सव' नामक आयोजक समिति समेत बनाइएको छ । जिल्ला वन कार्यालयको दुई लाख, जिल्ला पशुसेवा कार्यालय र जिविसको एक/एक लाख आर्थिक सहयोगमा महोत्सव गर्न लागिएको समिति उपाध्यक्ष चन्द्रलाल नेपालले बताउनुभयो।

मुख्य गरि हिमाल विनाको चौँरी र चौरी विनाको हिमाल रहने अवस्था आए यसले पर्यावरणलाई नकारात्मक असर गर्नेतर्फ सवैको ध्यानाकर्षण तान्न महोत्सव गर्न लागेको बताइएको छ । यसबाट एक आपसको शोभा राख्ने चौरी र हिमालको प्रवद्र्धनमा सहयोग पुग्दा हुन जाने पर्यटन विकासले आम्दानी पनि वृद्धि हुने विश्वास गरिएको छ।

मेमेङ, प्राङ्बुङ र सिदिनका 22 किसानले मुख्य आम्दानीको स्रोतको रुपमा 400 संख्यामा चौँरी पालन गरिरहेका छन् । यहाँका किसानले चौँरीजन्य पेशा व्यवसायबाट वार्षिक डेड करोड रुपियाँ आम्दानी गर्ने गरेका बताइएको छ। किसानले चौँरीका वाछावाछी, घ्यू, छुर्पी, चमरलगायत देश विदेशमा बेचेर आम्दानी लिने गरेका हुन्।

जानकारी तथा लेखहरु