फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमपातले बन्द रहेको अन्नपूर्ण पदमार्ग खुलेपछि पर्यटकको चहलपहल

(GMT+08:00) 2017-03-20 14:15:04

हिमपातले बन्द रहेको चक्रीय अन्नपूर्ण पदमार्ग खुलेको छ । पदमार्ग र सहायक मार्गको हिउँ हटाएसँगै पर्यटकको चहलपहल बढेको छ। नेपाली सेना, प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), होटल व्यवस्थापन उपसमिति र स्थानीय होटल व्यवसायीलगायत संघसंस्थाले पदमार्ग खुलाएका हुन्। मनाङ र मुस्ताङको सीमा क्षेत्र थोरोङला भञ्ज्याङ (5 हजार 4 सय 16 मिटर) सम्मको हिउँ हटाएपछि पर्यटक पदमार्गमा देखिन थालेका एक्याप मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाले बताउनुभयो।

उहाँका अनुसार माथिल्लो मनाङदेखि थोराङला भञ्ज्याङ साथै खाङसार तिलिचोतर्फको बाटो खुलाइएको छ। 'बाटो खुलाइएपछि दैनिक 50 जना पर्यटक माथिल्लो क्षेत्र (थोराङला र तिलिचो) जान थालेका छन् भने यीमध्ये धेरैजना थोराङला चढेर मुक्तिनाथ जानेछन्।

सदरमुकाम चामे र वरपरका पदमार्ग साथै सडकमा जमेको हिउँलाई सेना र प्रहरीले हटाएका हुन्। लमजुङको सीमावर्ती क्षेत्र तालदेखि धारापानीसम्मको सडकमा खसेका ठूलाठूला ढुंगा डिभिजन सडक कार्यालय नं. 1 दमौलीको सहयोगमा हटाएर बाटो खुलाएको मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बताउनुभयो।

बेंसीसहरबाट चामेसम्म सहज रूपमा सवारी गुड्न थालेको छ। बाक्लो हिमपातले मनाङको तिमाङदेखि खाङसारसम्मको अवरुद्ध सडक जिल्ला विकास समिति मनाङको सहयोगमा बाटो खुलाइएको छ। सडकमा जमेको बाक्लो हिउँले पदयात्रीलाई कठिनाइ भए पनि माथिल्लो क्षेत्र जान थालेका छन्। कतिपय ठाउँमा मजदुर लगाएर पनि हिउँ पन्छाइएको छ।

जानकारी तथा लेखहरु