फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वव्यापीकरणलाई अझ उच्चस्तरमा पुर्‍याउनुपर्ने विज्ञहरुको ठहर

(GMT+08:00) 2017-03-20 14:16:25

विश्व राजनैतिक तथा आर्थिक क्षेत्रमा धेरै निहित खतरा विद्यमान नै भएकोले बनौटमूलक सुधारलाई गहन पार्दै खुलापनलाई निरन्तरता दिई विश्वव्यापीकरणलाई अझ उच्चस्तरमा पुर्‍याएमा विश्व अर्थतन्त्रमा अनिश्चितताबाट निम्तिने नकारात्मक प्रभावलाई कम गर्न र विकासको अझ ठूलो मौका छोप्न सकिने छ। उक्त विचार मार्च अठार तारिख शुरु भएको "चीनको विकास उच्चस्तरीय मञ्च 2017"आर्थिक शिखर सम्मेलनमा सहभागी विभिन्न पक्षले व्यक्त गरेका हुन्।

मागको अपुग अवस्था नै विश्व अर्थको भविष्यमा अनिश्चितता देखा पर्ने महत्वपूर्ण कारक तत्व हो भन्ने विचार शिखर सम्मेलनमा सहभागीहरुले गरेका छन्। चीनको राज्य परिषद विकास अनुसन्धान केन्द्रका उप प्रमुख वाङ यी मिङले हाल चीनले आर्थिक संक्रमण विकासलाई अघि बढाउँदै आएको जानकारी दिनुभएको छ। चीनको अर्थ विश्व अर्थसँग गहन रुपमा मिसिएकोले चीन विश्वको कारखानाबाट विश्वको बजारतिर परिणत भैहेकोबाट विश्वको बजार मागलाई प्रोत्साहित गर्ने र विश्वको आर्थिक वृद्धिमा शक्ति प्रदान गर्ने पनि वाङ यी मिङले औंल्याउनुभएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका उप महाप्रबन्धक चाङ थाउले हालै विश्वको आर्थिक पुनरुत्थान एउटा निर्णायक घडीमा रहिरहेको हाराहारीमा चीन लगायत उदीयमान आर्थिक एकाइहरुले अग्र भूमिका निर्वाह गर्दै जाने आशा गर्नुभएको छ। साथै उहाँले बनौटमूलक सुधारलाई गहन पारेमा अझ ठूलो विकास मौका पाउन सक्ने ठहर पनि गर्नुभयो।

जानकारी तथा लेखहरु