फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ हिउँदे ओलम्पिक समितिद्वारा विश्वव्यापी कर्मचारी माग

(GMT+08:00) 2017-03-20 14:18:15

पैचिङ हिउँदे ओलम्पिक समितिले विश्वव्यापी रुपमा कर्मचारी खोज्ने उद्देश्यले सूचना सार्वजनिक गरेको छ। समाचार अनुसार, विश्वव्यापी योजनात्मक निर्माण, रङ्गशालाको व्यवस्थापन, बजार विकास, संचारमाध्यम, कानून तथा विदेशी भाषा लगायतका जम्मा गरी दश जना दक्ष व्यक्ति समितिले खोजिरहेको छ।

आवेदन दिन इच्छुकहरुले समितिको आधिकारिक वेभसाइट www.beijing2022.cn मा दर्ता गर्न सक्नेछन्। ओलम्पिक समितिले चालू वर्षको अप्रिलदेखि मे महिनासम्मको अवधिमा आवेदन दिएकाहरुबाट लिखित परिक्षा तथा मौखिक अन्तर्वार्ता तय गर्नेछ।

पैचिङ हिउँदे ओलम्पिक समितिले हिउँदे ओलम्पिक खेलकूद 2022 तथा पारा हिउँदे ओलम्पिक2022को सम्पूर्ण तयारी तथा आयोजना व्यवस्थापनको जिम्मेवारी लिएको छ। हालसम्म सो समितिमा नौ वटा विभाग गठन गरिसकिएको छ र दुईटा केन्द्र संचालनमा आइसकेका छन्। तयारी अवधिमा कार्यरत कर्मचारीको संख्या 170 पुग्ने जनाइएको छ।

जानकारी तथा लेखहरु