फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण एशिया तथा दक्षिण-पूर्वी एशियाका लागि मालसामान प्रदर्शनी एवम् लगानी तथा व्यापार मेला चीनको खुनमिङ्ग शहरमा आयोजना हुने

(GMT+08:00) 2017-03-20 17:01:18

दक्षिण एशिया तथा दक्षिण-पूर्वी एशियाका लागि मालसामान प्रदर्शनी एवम् लगानी तथा व्यापार मेला जुन महिनाको 12 तारिखदेखि 18 सम्म चीनको युन नान प्रान्तीय खुनमिङ्ग शहरमा आयोजना हुने भएको छ। मार्च 20 तारिख मेलाका आयोजकले पैचिङ्गमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो। युन नान प्रान्तीय नेतागण, चीनका लागि पाकिस्तान, बंग्लादेश लगायत मुलुकका राजदुत र अन्य दुई सय गन्यमाण्य व्यक्तिहरु उक्त पत्रकार सम्मेलनमा सहभागी भएका थिए।

जानकारीअनुसार, उक्त मेलाको मुख्य विषयवस्तु संयुक्त रुपमा नयाँ मौकाको सिर्जना गरेर नयाँ विकास गर्ने भन्ने रहेको छ। लगानी तथा व्यापार मेलाको अवसरमा चीन-दक्षिण एशिया वाणिज्य मञ्च, दक्षिण एशिया तथा दक्षिण-पूर्वी एशियाका लागि प्राविधिक हस्तान्तरण मेला आदि दशौं व्यापारिक तथा साँस्कृतिक आदान-प्रदान कार्यक्रमको आयोजना पनि हुनेछ।

जानकारी तथा लेखहरु