फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतद्बारा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा दलाइलाई बोलाएका कारण चीनद्वारा कडा विरोध

(GMT+08:00) 2017-03-20 18:03:08
चीनको असन्तोष र विरोधको वेवास्ता गर्दै भारतले सरकारी कार्यक्रमहरुमा 14औं दलाइ लामालाई बोलाएको विषयबारे चीनले कडा असन्तोष र विरोध व्यक्त गर्नुका साथै भारतसँग तिब्बत मामिलासम्बन्धी वचन वद्धताको पालना गर्न ताकिता गरेको छ।

20 तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गले उक्त कुरा बताउनुभएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार, भारतीय सँस्कृति मन्त्रालय र नयाँ नालान्दा विश्वविद्यालयले विहार प्रदेशमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्दैछन्। 14औं दलाइ र भारतीय अधिकारीले उद्धादन समारोहमा सम्बोधन गर्ने तय भएको छ।

जानकारी तथा लेखहरु