फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-बेलायत दौत्य सम्बन्धको दुई सय वर्ष पुरा

(GMT+08:00) 2017-03-21 14:44:15

नेपाल-बेलायत दौत्य सम्बन्धको दुई सय वर्ष पुगेको अवसरमा बेलायतको लण्डनमा एक भव्य समारोह भएको छ। सोमबार सम्पन्न समारोहलाई सम्बोधन गर्दै बेलायती राजकुमार हेनरी अफ बेल्स(ह्यारी) र नेपालका उद्योगमन्त्री नवीन्द्रराज जोशीले बेलायत र नेपालको आपसी सम्बन्धबारे चर्चा गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै हृयारीले नेपाली वीर, परिश्रमी र इमानदार भएको उल्लेख गर्दै बेलायतका लागि गोर्खालीले पुर्‍याएको योगदान कदरयोग्य भएको बताउनुभयो।

समारोहमा सहभागी उद्योगमन्त्री जोशीले दुई देशको सम्बन्ध सुविचारित भएको भन्दै नेपालको समृद्धियात्रामा बेलायती सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। समारोहमा बेलायती राजकुमार हृयारीले 13 जना भूतपूर्व गोर्खा सैनिकहरुको तस्वीर अनावरण गर्नुभयो। हृयारीको सम्मानार्थ विभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत प्रदर्शन गरिएको थियो।

समारोहमा बेलायतका रक्षामन्त्री मार्क ल्याङ्स्टार, नेपालसम्बन्धी बेलायती सांसद समूहका अध्यक्षसहित बेलायती संसद सदस्यहरु, नेपाली सेनाका डेपुटी कमाण्डर इन चिफ, बेलायत सरकारका विभिन्न मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु, विभिन्न देशका राजदूतहरु सहभागी थिए।

जानकारी तथा लेखहरु