फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको जलविद्युतमा लगानी गर्न दक्षिण कोरिया इच्छुक

(GMT+08:00) 2017-03-21 14:45:33

दक्षिण कोरिया सरकारले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ। विश्वव्यापी रुपमा जलवायु परिवर्तन भइरहेको र हरित ऊर्जामा ध्यान दिनुपर्ने अवस्था सिर्जना भइरहेको सन्दर्भमा दक्षिण कोरियाले नेपाललाई सहयोग गर्ने वचन दिएको छ।

सोमबार ऊर्जामन्त्री जनार्दन शर्मासँगको भेटमा दक्षिण कोरियाका विद्युत् तथा व्यापार उपमन्त्री हान जीनह्युनले भेटवार्तामा यो प्रतिवद्धता जनाउनुभयो। विकासको चरम सीमामा पुगेको दक्षिण कोरियाले हरित ऊर्जामा ध्यान दिनुपर्ने भन्ने अन्तर्राष्ट्रिय मान्यतालाई सहयोग गर्नसमेत नेपाल लगानीका लागि उपयुक्तस्थल भएको कोरियाली उपमन्त्रीको भनाइ थियो।

'नेपालसँग सहकार्यका हात अगाडि बढाउन कोरिया सरकार तयार रहेको मैले थाहा पाएँ, उनीहरुले नेपाललाई सहयोग गर्ने विभिन्न मुलुकमध्ये उच्चकोटीमा राखेर हेरेका छन्', ऊर्जामन्त्री शर्माले भन्नुभयो, 'नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उनीहरु इच्छुक छन्।'

दक्षिण कोरिया सरकारले सरकारी तवरबाटै वा निजी क्षेत्रलाई समेत लगानीका लागि प्रेरित गर्ने जानकारी उपमन्त्रीले मन्त्री शर्मालाई गराएका थिए। सार्वजनिक निजी साझेदारीको अवधारणामा पनि काम गर्न सकिने तथा निजी लगानीलाई पनि नेपालमा प्रोत्साहित गर्न सकिने मन्त्री शर्माको भनाइ थियो।

जानकारी तथा लेखहरु