फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन भ्रमणमा चिनियाँ पक्षसँग खुलेर छलफल गर्ने प्रधानमन्त्रीको योजना

(GMT+08:00) 2017-03-21 14:46:25
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमणका क्रममा चिनियाँ पक्षसँग खुलेर छलफल गर्ने बताउनुभएको छ। प्रधानमन्त्री प्रचण्ड पर्सि बिहीबारदेखि चीन भ्रमणमा निस्कनुका साथै पोआउ सम्मेलनमा सहभागी भएर राष्ट्रपति सी चिन फिङ्गलाई पनि भेट्ने तय भएको छ।

भ्रमणका क्रममा नयाँ सम्झौताहरु गर्ने भन्दा पनि यसअघि भएका सहमति र सम्झौताहरु कार्यान्वयन गर्ने र नयाँ समझदारी गर्दै अगाडि बढ्न आधार तयार गर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो।

मंगलबार विहान बसेको पार्टी संसदीय दलको बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले राष्ट्रपति सीसँग भेट तय भएको जानकारी दिनुभयो 'हामी हाम्रा कुराहरु राख्छौं । र, भोलिका दिनमा चीन नेपाल सम्वन्ध कसरी अगाडि बढ्ने भन्ने समझदारी बनाउँछौं' प्रचण्डको भनाइ उदृत गर्दै सांसद हरिबोल गजुरेलले भन्नुभयो।

प्रधानमन्त्री प्रचण्डले वैशाख 31 को चुनाव हुन्न कि भन्ने आशंका नगर्न पार्टीका सांसदहरुलाई आग्रह गर्नुभयो। उहाँले मधेसी मोर्चासँग सहमतिको प्रयास भइरहेको र छिट्टै सकारात्मक नजिता आउने बताउनुभएको अनलाईन खबरले लेखेको छ।

जानकारी तथा लेखहरु