फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका परराष्ट्र मन्त्री वाङ यीद्वारा चीन विकास उच्चस्तरीय मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन

(GMT+08:00) 2017-03-21 14:48:12

चीनका परराष्ट्र मन्त्री वाङ यीले मार्च बीस तारिख चीन विकास उच्चस्तरीय मञ्चको वार्षिक सम्मेलनमा उपस्थित हुँदै "साझेदारी सम्बन्धको संयुक्त स्थापना गरौं, शान्ति तथा विकासलाई संयुक्त रुपमा खोजौं" विषयक सम्बोधन गर्नुभएको छ। चीनले आफूले वहन गर्नुपर्ने अन्तर्राष्ट्रिय दायित्व वहन गर्ने आशा लिएको तर कहिले पनि संसारको नेतृत्व गर्ने आशा नलिएकोमा मन्त्री वाङले जोड दिनुभयो। विश्वव्यापीकरणको युगमा संसारले एकल हिरो चाहँदैन र सहयोगात्मक साझेदारी चाहन्छ भन्ने कुरा चीनले विभिन्न मुलुकसँग समान, खुला, सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्ने, यसलाई माध्यमको रुपमा बनाएर सहयोग र साझा विजयको केन्द्रमा रहेको नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गर्ने, मानव भाग्य समुदायको स्थापना गर्ने दीर्घकालीन लक्ष्यका लागि सक्दो प्रयास गर्ने आशा लिएको कुरा उहाँले बताउनुभएको छ।

उहाँले गत वर्षको अन्त्यसम्म चीनले 97 वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनसँग फरक तरीकाको साझेदारी सम्बन्ध स्थापना गरिसकेको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु