फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली र इजरेलका प्रधानमन्त्री बेन्जामिनबीच पैचिङ्गमा भेट-वार्ता

(GMT+08:00) 2017-03-21 15:29:24

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले बीस तारिख दिउँसो जन बृहत् सभा भवनमा चीनको औपचारिक भ्रमणमा रहनुभएका इजरेलका प्रधानमन्त्री बेन्जामिन न्येतन्याहुसित भेटवार्ता गर्नुभएको छ।

भेटवार्ताका अवसरमा प्रधानमन्त्री ली ख छ्याङ्गले मध्य पूर्वी क्षेत्रको शान्ति, स्थिरता तथा विकासका लागि निष्पक्ष अडानका साथ अन्तर्राष्ट्रिय समाजसित मिलेर सामूहिक प्रयासमा रचनात्मक भूमिका निर्वाह गर्न चिनियाँ पक्ष इच्छुक रहेको कुरा व्यक्त गर्नुभयो।

प्रत्युत्तरमा इजरायली प्रधानमन्त्री न्येतन्याहुले चिनियाँ पक्षले मध्य-पूर्वको शान्ति प्रक्रियामा खेलेको रचनात्मक भूमिकाको प्रशँसा गर्नुभयो।

वार्तापछि दुई मुलुकका प्रधानमन्त्री चीन-इजरायल आर्थिक, वैज्ञानिक, प्राविधिक, वाणिज्य तथा उड्ययन आदि क्षेत्रका द्विपक्षीय दस्तावेजमा हस्ताक्षर समारोहमा पनि साक्षी हुनुभएको थियो।

जानकारी तथा लेखहरु