फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन साँस्कृतिक केन्द्रद्वारा पहिलो पटक चिनियाँ भाषाको तालिम कक्षा सञ्चालन

(GMT+08:00) 2017-03-21 15:30:31

नेपाल-चीन साँस्कृतिक केन्द्रले बीस तारिख दिउँसो पहिलो पटक प्रयोगात्मक चिनियाँ भाषा तालिम कक्षा सञ्चालन गरेको छ।

विद्यार्थीले प्रयोग गर्नका लागि खोलिएको चिनियाँ भाषाको तालिमद्बारा व्यवहारिक शब्द सिकाइएको छ। नेपाल-चीन साँस्कृतिक केन्द्रका प्रमुख यीन खुन सुङ्गले दिएको जानकारीअनुसार, नेपाली सर्वसाधारणमा व्यवहारिक चिनियाँ भाषाप्रतिको चासो ठूलो रहेको छ।

नेपालमा चिनियाँ भाषा सिक्न सकेमा बढी आम्दानी हासिल गर्न सकिन्छ। पर्यटन उद्योगका लागि चिनियाँ भाषा जानेका पथप्रदर्शकको आम्दानी स्थानीय सरदर आम्दानीभन्दा बढी भएको देखिन्छ।

प्रमुख यीनका अनुसार, नेपाली सर्वसाधारणले चिनियाँ साँस्कृतिकको जानकारी पाउन चाहेमा चिनियाँ भाषा सिक्नु आवश्यक छ। त्यसैले विद्यार्थीले चिनियाँ भाषाको तालिम मार्फत् अझ बढी चिनियाँ साँस्कृतिकको जानकारी पाउने सक्नेछन्।

जानकारी तथा लेखहरु