फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ली र चीन विकास उच्चस्तरीय मञ्चमा भाग लिन आएका विदेशी प्रतिनिधिबीच भेट-वार्ता

(GMT+08:00) 2017-03-21 18:26:51

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले बीस तारिख विहान पैचिङ्गमा चीन विकास उच्चस्तरीय मञ्च 2017 वार्षिक सम्मेलनमा भाग लिन आएका विदेशी प्रतिनिधिहरुसित भेट-वार्ता गर्नुभएको छ। विश्वका पाँच सय वटा शक्तिशाली कम्पनीका जिम्मेवार व्यक्ति, अन्तर्राष्ट्रिय प्रख्यात प्राज्ञिक तथा अनुसन्धान संस्थाका विद्बान, मुख्य अन्तर्राष्ट्रिय संगठन तथा सँचार माध्यमका प्रतिनिधि गरी लगभग एक सय जनाभन्दा बढीले सम्मेलनमा भाग लिएका थिए।

भेटवार्ताका क्रममा प्रधानमन्त्री लीले विश्वव्यापीकरणको प्रक्रियामा विभिन्न मुलुकले आफ्नो श्रेष्ठता निर्वाह गर्नुपर्छ भन्दै विद्यमान समस्याको समाधान गर्नुपर्ने र समान वार्ता तथा सम्झौता वार्ताद्बारा विवादको सामना गर्नुपर्नेमा जोड दिनुभयो। विदेशी पूँजीका व्यवसायलाई विशेषगरी मध्य-पश्चिमी चीनमा लगानी गर्न र ठूला, मध्यम् तथा साना व्यवसायसित सहयोग गरी विकासको अवसर सिर्जना गर्नका लागि चीनले स्वागत गर्ने पनि प्रधानमन्त्री लीले बताउनुभयो।

वार्षिक सम्मेलनमा भाग लिएका विभिन्न मुलुक तथा विभिन्न क्षेत्रका प्रतिनिधिले चीनको विकास रणनीतिलाई महत्व दिएको र चीनको आर्थिक बनौटको परिवर्तनलाई समर्थन गरेको बताए। साथै चीनको सुधार तथा खुलापन प्रक्रियामा भाग लिन तथा पारस्परिक साझेदारी सम्बन्ध निरन्तर विस्तार गर्न इच्छुक रहेको पनि जनाए।

जानकारी तथा लेखहरु