फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत वर्ष नेपालमा हवाई यात्रुको संख्यामा वृद्धि, सर्वाधिक उडान भर्नेमा चीन

(GMT+08:00) 2017-03-22 14:00:17

सन् 2016 मा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या बढेको छ। अघिल्लो वर्षको तुलनामा करिब 3 लाखले बढेर 35 लाख 10 हजार 7 सय 42 पुगेको छ। सन् 2015 अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने गरी 32 लाख 17 हजार 1 सय 62 यात्रु (स्वदेशी/विदेशी) पुगेका थिए। नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंबाट बिदेसिनेको संख्या 18 लाख 23 हजार 5 सय 98 थियो भने ती मुलुकबाट नेपाल आउनेको संख्या 16 लाख 87 हजार 1 सय 44 थियो । यो कुल यात्रु आगमन र बहिर्गमन संख्यामा नेपाली र विदेशी पर्यटक सबै समेटिएका छन्।

नेपालले 38 मुलुकसँग हवाई सम्झौता गरेको छ । यीमध्ये अहिले नेपाललाई 14 वटा विदेशी मुलुकसँग जोड्ने 28 वटा एयरलाइन्स छन् । तीमध्ये 25 वटा विदेशी एयरलाइन्स हुन् भने तीनवटा नेपाली एयरलाइन्स छन् । जस्मा नेपाल वायु सेवा निगम, हिमालय र बुद्ध एयर छन् ।

नेपालमा सर्वाधिक उडान भर्नेमा चीन पहिलो स्थानमा रहेको छ । यस मुलुकको कुन्मिङ, ल्हासा, ग्वानजाउ र चेन्दुलाई गन्तव्य बनाउँदै चारवटा एयरलाइन्सले काठमाडौं उडान भर्छन् । नेपालले चीनको राजधानी बेइजिङसहित 7 वटा गन्तव्यका लागि वार्षिक 5 लाख 82 हजार 4 सय सिटसम्मको सम्झौता गरेको छ । सिआन, सांघाई र बेइजिरूमा भने हाल उडान छैनन् । चीनपछि धेरै विमान पठाउने मुलुकमा भारत, मलेसिया र बंगलादेश पर्छन्। यी मुलुकका तीन/तीनवटा करियरले दैनिक काठमाडौं उडान भर्छन् । बंगलादेशबाहेक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले मलेसियामा पनि उडान भर्छन्।

लेवर रुट मानिने मलेसियाका लागि नेपाल एयरलाइन्स, एयर एसिया, मालिन्दो र मलेसियन एयर रहेका छन्। खाडी मुलुकअन्तर्गत कतार–काठमाडौं उडानमा तीनवटा एयरलाइन्सहरू कतार एयरवेज, नेपाल वायुसेवा निगम र हिमालय छन्।

भारतको दिल्लीसहित 6 वटा सहरसँग वार्षिक 15 लाख 60 हजार हवाई सिट सम्झौता छ। अहिले दिल्ली, मुम्बई, बैंग्लोर र कोलकताबाहेक चेन्नाई र हैदराबादसँग काठमाडौं जोडिसकेको छैन। भारतले यी सहरबाहेक देहरादुन, बागडौरा, गोरखपुरलगायतका अन्य 21 वटा पर्यटकीय सहरमा भने सिट संख्या तोकेको छैन। सन् 2009 मा भएको सम्झौताले नेपालका कुनै पनि एयरलाइन्सले यी 21 वटा पर्यटकीय सहरमा सातामा जतिसुकै उडान भर्न सक्नेछन् ।

नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको काठमाडौं विमानस्थलको फ्लाइट मुभमेन्ट तथ्यांकअनुसार 016 मा काठमाडौंका लागि विदेशी मुलुकबाट भएका उडानको संख्या 13 हजार 5 सय 58 थियो भने नेपालबाट 13 हजार 5 सय 60 वटा एयरक्राफ्ट मुभमेन्ट भएका थिए । यस वर्ष हवाई मार्ग भएर काठमाडौंबाट 6 हजार 7 सय 98 टन सामान कार्गाका रूपमा निर्यात भएको थियो भने 13 हजार 5 सय 50 टन सामान कार्गोका रूपमा नेपाल भित्रिएको थियो। तथ्यांकअनुसार आन्तरिक र अन्तर्राष्ट्रिय समेतलाई मिलाउँदा 2016 मा जम्मा उडान 1 लाख 9 सय 94, कुल यात्रु 52 लाख 68 हजार 3 सय 38 तथा 39 लाख 71 हजार टन कार्गो हवाई रुटमार्फत आयत/निर्यात भएको प्राधिकरणले जनाएको छ।

जानकारी तथा लेखहरु