फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल मध्यम मानव विकास भएको मुलुकको सूचीमा

(GMT+08:00) 2017-03-22 14:04:44
न्यून मानव विकास भएको मुलुकबाट नेपाल मध्यम मानव विकास भएको मुलुकको सूचीमा पुगेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले हरेक वर्ष निकाल्ने मानव विकास प्रतिवेदनमा गत वर्षको तुलनामा नेपाल एक स्थान माथि उक्लिएको हो।

मंगलबार स्वीडेनबाट विश्वव्यापी सार्वजनिक गरिएको सन् 2016 को प्रतिवेदन अनुसार नेपाल 1 सय 44 औं स्थानमा रहेको छ। गत वर्ष नेपाल 1 सय 45 औं स्थानमा रहेको थियो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रमध्ये नेपाल पाकिस्तान र अफगानिस्तान भन्दा मात्र माथि रहेको छ। गत वर्ष पनि नेपाल यी दुई मुलुकभन्दा मात्र अगाडि रहेको ईकान्तिपुर अनलाईनले लेखेको छ।

मध्यम मानव विकास भएका मुलुकमध्येमा सार्क सदस्यमध्ये नेपाल सहित भारत, भुटान, बंगलादेश र पाकिस्तान परेका छन्। अफगानिस्तान भने निम्न मानव विकास भएका मुलुकमा परेको छ। श्रीलंका र माल्दिभ्स भने उच्च मानव विकास भएका मुलुकमा परेका छन्।

युएनडिपीले प्रतिव्यक्ति आय, स्वास्थ्य र शिक्षाका आधारमा मानव विकास प्रतिवेदन निकाल्दै आएको छ। स्वास्थको आधारकारुपमा औसत आयुलाई लिइन्छ। नेपालको मानव विकास सूचकहरु सकारात्मक भएपनि विभिन्न समूदायबीचको मानव विकास सूचकमा ठूलो खाडल रहेको प्रतिवेदनले औंल्याएको छ । यसैगरी सुगम क्षेत्र र दुर्गम क्षेत्रमा पनि मानव विकासको अवस्थामा ठूलो भिन्नता रहेको प्रतिवेदनले औंल्याएको छ ।

जानकारी तथा लेखहरु