फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमपातका कारण चीनबाट नेपाल लगिने इन्टरनेटमा अवरोध

(GMT+08:00) 2017-03-22 14:06:52

चीनबाट ल्याउन लागिएको इन्टरनेटको लागि हिउँ अवरोध बनेको छ । नेपाल टेलिकमले रसुवा नाका भएर ल्याउन लागेको इन्टरनेटलाई हिउँले अवरोध सिर्जना गरेको हो ।चीनतर्फ मर्मत गर्नुपर्ने इन्टरनेटको अप्टिकल फाइबर बाक्लो हिउँले पुरिएपछि यतिबेलासम्म आइपुग्नुपर्ने चिनियाँ इन्टरनेट अनिश्चित भएको छ। चीनबाट इन्टरनेट ल्याउने गरी व्यावसायिक सम्झौता भएको 4 महिना बित्नै लाग्दा पनि चिनियाँ इन्टरनेट जोडिएको छैन।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थनीय केबुलमार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको थियो। नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत जोडिइसकेका छन्। तर, इन्टरनेट भने नेपाल आइपुगेको छैन। तर, सम्झौताअनुसार यसैमहिना जोडिनुपर्ने इन्टरनेट चीनतर्फ गेटवेलाई असर पर्ने गरी पुरिएकाले समस्या भएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताउनुभयो।

टेलिकमका सह प्रवक्ता शोभन अधिकारीले चीनतर्फको भागमा रहेको अप्टिकल ब्रेक भएको बताउनुभयो। बाक्लो हिउँ जमेपछि रि-स्टोरको काम गर्न सकिएको छैन। यस्तो अवस्थमा ब्यान्डवीथ ल्याउन सकिँदैन' अधिकारीले भन्नुभयो।

टेकिलमले चीनबाट इन्टरनेट ल्याउन नेपालतर्फको सबै काम सकिएकाले अब हिउँ पग्लिन सुरु भएपछि चीनतर्फको प्राविधिक काम सकेर इन्टरनेट जोडिने अनलाईन खबरले लेखेको छ।

जानकारी तथा लेखहरु