फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथा आरोहणका लागि बाटो निर्माण कार्य सुरु

(GMT+08:00) 2017-03-22 14:08:29

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो निर्माण कार्य आजबाट सुरु भएको छ। आधार शिविरबाट बाटो निर्माणका लागि 8 जना आइसफल डक्टरहरुले काम थालेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ। उनीहरूले सगरमाथाको क्याम्प दुई सम्म बाटो बनाउने छन्। हिमाल आरोहणको मौसम सुरु हुन लागेपछि बाटो निर्माण सुरु गरिएको हो।

हिमालमा बाटो बनाउने व्यक्ति अर्थात् 'आइसफल डक्टर'हरू फागुन 24 गते नै आधार शिविर पुगे पनि हावाहुरी र हिमपातले असर गरेपछि बाटो निर्माणमा ढिलाइ भएको कारोबार अनलाईनले जनाएको छ। बौद्ध परम्परा अनुसार हरेक वर्ष जस्तै पूजा गरेर मंगलबारदेखि बाटो निर्माण सुरु गरिएको एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो।

उनीहरूले एक वर्षमा हिमपातका कारण भत्कीएका पुराना बाटोको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भर्याङहरुको व्यवस्थापन लगायतको काम गर्नेछन्। बाटो निर्माणका लागि 8 जना आइसफल डक्टरसहित 10 जना सोलुखुम्बुको नाम्चेबजारबाट फागुन 22 गते नै आधारशिविरतर्फ लागेका थिए। सगरमाथादेखि ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि प्रयोग गरिने आधार शिविर एउटै हो। आधार शिविरबाट क्याम्प दुईसम्म तीनवटै हिमालको आरोहणका लागि बाटो पनि एउटै प्रयोग हुँदै आएको छ। आइसफल डक्टरहरुले बाटो बनाइसकेपछि आरोहीहरु सगरमाथा आरोहणका लागि आधार शिविरबाट उकालो लाग्ने गर्दछन्।

जानकारी तथा लेखहरु