फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊर्जा संयन्त्रको अभावमा नेपाल-चीन विद्युत परियोजना अलपत्र

(GMT+08:00) 2017-03-23 14:40:27

नेपाल र चीनबीच ऊर्जा क्षेत्रको विकास र सहकार्यका सम्बन्धमा चर्चा भए पनि हालसम्म ऊर्जा विकासका लागि कुनै संयन्त्र भने स्थापना भएको छैन। दक्षिणी छिमेकी भारतबाट नेपालले मुलुकको कुल खपतमध्ये आधा विद्युत् आयात आयात गरिरहेको छ।

यस्तै, भारतसँग ऊर्जा व्यापार सम्झौता (पीटीए) सम्पन्न भएको छ । तर, निकै महत्वका साथ हेरिएको चीनसँग भने हालसम्म ऊर्जा विकास अघि बढाउन कुनै संयन्त्र नै स्थापना भएको छैन। नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको लामो समय बिते पनि ऊर्जा विकासका लागि सहकार्यको सम्भावना रहे पनि हालसम्म द्विपक्षीय संयन्त्र नहुँदा नियमित रुपमा छलफल नभएको कारोबार अनलाईनले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बेला भारतमा जस्तै द्विपक्षीय संयन्त्र निर्माणका लागि ऊर्जा मन्त्रालयले प्रयास अघि बढाएको छ। भारतसँग हाल सचिवस्तरीय र सहसचिवस्तरीय संयन्त्र छ। यसको आवश्यकताको आधारमा बारम्बार छलफल समेत हुने गरेको छ।

ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले चीनसँग ऊर्जा विकासका लागि संयन्त्र निर्माण भइनसकेको उल्लेख गर्दै यसका लागि प्रयास अघि बढाइएको बताउनुभयो। सम्झौतापछि चिनियाँ प्राविधिक टोलीले रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइनबारे अध्ययन गरिसकेको भएपनि प्रतिवेदन आउन बाँकी छ। चीनको स्टेट ग्रीड कर्पोरेसनले प्राविधिक अध्ययन गरेर पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन विद्युत् प्राधिकरणले एक महिनाअघि ऊर्जा र परराष्ट्र मन्त्रालयमार्फत माग गरे पनि हालसम्म पाएको छैन।

जानकारी तथा लेखहरु