फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तातोपानी नाका खुलाउने विषयमा चिनियाँ राष्ट्रपतिसँग कुरा गर्ने नेपालका प्रधामन्त्रीको भनाइ

(GMT+08:00) 2017-03-23 14:43:22

प्रधानमन्त्री पुष्पकमल दाहालले तातोपानी नाका सञ्चालनमा ल्याउन चिनिया राष्ट्रपति सी जिनपिङलाई आग्रह गर्ने बताउनुभएको छ। विनाशकारी भुकम्पपछि 23 महिनादेखि बन्द रहेको तातोपानी नाका र अरनिको राजमार्गलाई नेपाल चीन सम्बन्धको प्रतिकका रुपमा प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग छलफल गरी तातोपानी नाकालाई सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तातोपानी नाका खोल्ने बिषय नेपाल चीन सम्बन्ध र समग्र आर्थिक विकाससँग गहिरो नाता रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। 'चीन भ्रमणमा जाँदा तातोपानी नाका सञ्चालन र अरनिको राजमार्ग विस्तारलाई एउटा ऐजेण्डा बनाइएको छ।चीनका राष्ट्रपति र अन्य अधिकारीहरुसँग कुरा हुँदा पनि तातोपानी नाका र अरनिको राजमार्गलाई एउटा ऐजेण्डा बनाएर कुरा गर्नेछु'प्रधानमन्त्री प्रचण्डले भन्नुभयो 'नेपाल चीन सम्बन्धको प्रतिक अरनिको राजमार्गको ऐतिहासिक महत्व छ।अरनिको राजमार्गबाट नै नेपाल र चीन वीच व्यापार व्यवसाय शुरु भएको हो।यो नाका खुलाउने वारेमा निकै ठूलो राजनीति बहसको बिषय बनेको थियो।'

नेपाल ट्रक कन्टेनर व्यवसायी संघको अगुवाईमा नेपाल हिमालय सिमापार वाणिज्य संघ र सिन्धुपालचोक उद्योग वाणिज्य संघको प्रतिनिधिहरुले संयुक्त रुपमा प्रधानमन्त्री प्रचण्डलाई बुधवार बालुवाटारमा भेट गरी तातोपानी नाका सञ्चालनमा ल्याउन र अरनिको राजमार्गलाई विस्तार गर्न ध्यानाकर्षण गराएका थिए।

जानकारी तथा लेखहरु