फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँग प्राविधिक सहयोग सम्बन्धी हस्ताक्षर हुने

(GMT+08:00) 2017-03-23 14:45:38

चिनियाँ रक्षामन्त्री चाङ वानछुवान तीनदिने भ्रमणका सिलसिलामा बिहीबार काठमाडौं पुग्नुभएको छ। यस भ्रमणका क्रममा राष्ट्रसंघीय शान्ति सेनामा खटिने नेपाली सैनिकका लागि प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने रक्षामन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभएको छ। 'चीनले राष्ट्रसंघीय शान्ति सेनामा खटिने नेपाली सैनिकलाई सवारीसाधनलगायत प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ,' उहाँले भन्नुभयो, 'प्राविधिक सहयोग निरन्तरताका लागि समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो।'

रक्षामन्त्री खाँणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री सदभावना भ्रमणका लागि नेपाल जानुभएको हो। चीनले नेपाली सेनालाई दिने सैन्य सहयोग वृद्धिसम्बन्धी अर्को समझदारी पत्रमा पनि हस्ताक्षर हुनसक्ने वरिष्ठ सरकारी अधिकारीले बताए। चीनले अघि बढाएको 'वन बेल्ट वन रोड' अवधारणामा नेपालको सहभागिताबारे पनि भ्रमणमा कुराकानी हुनेछ। चीन र नेपालबीच संयुक्त सैन्य तालिमको पूर्वसन्ध्यामा नेपाल पुगेका चिनियाँ रक्षामन्त्री त्यसपछि बंगलादेश जाने कार्यक्रम छ।

नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले चीनसँग सैन्य तालिमबारे गृहकार्य जारी रहेको तर टुंगिइनसकेको बताउनुभयो। चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री विमलेन्द्र निधि, रक्षामन्त्री खाँण र प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेट्ने अन्नपूर्ण पोष्ट अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु