फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#नेपाली आँखामा चीन#सगमाथा नाघेर उड्दा

(GMT+08:00) 2017-03-23 15:22:33

काठमाडौँदेखि चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासासम्मको उडानलाई संसारकै सबैभन्दा चमत्कारपूर्ण उडान मानिन्छ। काठमाडौँ उपत्यका नाघेर नेपाली डाँडाकाँडा र हिमाल छिचोल्दै अगाडि बढ्दा विश्वको सर्वोच्च शिखर सगरमाथालाई नजिकैबाट नियाल्न पाइन्छ। सगरमाथालाई देब्रे बनाएर पूर्व लाग्दै विमान तिब्बत स्वायत्त प्रदेशमा प्रवेश गर्दछ।

नेपालपट्टिको हरियाली र सुन्दर भूभाग छोडेर तिब्बती पठारभूमिमा प्रवेश गर्दा प्रकृतिको अनुपम रचना देख्न पाइन्छ। नेपालका भरिला पहाडा र सेताम्मे हिमाल जति सुन्दर देखिन्छन् उत्तिकै रुपमा तिब्बती पठाभूमिको संरचनाले आकर्षित गर्दछ।

लगभग एक घन्टाको काठमाडौँदेखि ल्हासासम्मको उडान बाहिरी दृश्य हेर्दा हेर्दै कतिखेर बित्यो पत्तै हुँदैन। यो उडान विश्वकै सबैभन्दा अग्लो भूभागमाथि हुने उडान पनि हो। खचाखच भरिएको काठमाडौँ उपत्यकालाई बिर्साउँदै सानो सुन्दर र शान्त ल्हासाले पर्यटकलाई स्वागत गरिरहेको हुन्छ।

सीआरआई नेपाली सेवाका लागि चेतनाथ आचार्य

जानकारी तथा लेखहरु