फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानमन्त्री र चिनियाँ रक्षामन्त्रीबीच भेटः ओबीओआरमा साझेदार बन्न नेपाल तयार

(GMT+08:00) 2017-03-24 16:46:18

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनका रक्षामन्त्री जनरल छाङ् वान छ्वानसँग काठमाडौंमा भेटवार्ता गर्नुभएको छ। भेटमा उहाँले चीनले अघि सारेको वान बेल्ट वान रोड–'ओबीओआर'परियोजनामा नेपाल साझेदार बन्न इच्छुक रहेको बताउनुभयो। नेपालको तीन दिने भ्रमणमा रहनुभएका चिनियाँ रक्षामन्त्रीसँग बिहिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटघाट भएको हो।

भेटमा प्रधानमन्त्रीले 'एक चीन नीति'प्रति नेपालको दृढ समर्थन रहँदै आएको बताउँदै चीनको अभिन्न अंग तिब्बत र ताइवान विरोधी गतिविधिको सधै नेपालले विरोध गर्ने प्रष्ट पार्नुभयो।

भेटमा रक्षामन्त्री जनरल छाङ्ग वान छ्वानले प्रधानमन्त्रीको चीन भ्रमणको पूर्ण सफलताको कामना गर्दै नेपाल सरकार र नेपाली जनताले चीनप्रति देखाएको सदभाव र आत्मीय सम्बन्धप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

जानकारी तथा लेखहरु