फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाललाई ठूला उपकरण सहयोग गर्ने चिनियाँ रक्षामन्त्रीको अठोट

(GMT+08:00) 2017-03-24 16:47:59

चिनियाँ रक्षामन्त्री जनरल छाङ् वान छ्वानले नेपाली सेनालाई आवश्यक पर्ने शान्ति सेना र विपद व्यवस्थापनका लागि लजेष्टिक सामाग्री उपलब्ध गराउने बताउनुभएको छ। समकक्षी बालकृष्ण खाँडसँग सिंहदरबारमा भएको भेटवार्तामा रक्षामन्त्री चाङले नेपालले चाहेअनुसार लजेष्टिक सहयोग दिइने जनाउनुभयो।

बिहीबार तीन दिने नेपाल भ्रमणमा आएका रक्षामन्त्री जनरल छाङ्गले शान्ति सेनामा जाने नेपाली सेनाका लागि र विपद् व्यवस्थापनमा हेभी इक्विपमेन्टहरु उपलब्ध गराउने बताउनुभएको हो।

अहिले शान्ति सेनामा 5 हजार नेपाली सेना जाने गरेकोमा त्यसलाई बढाएर 10 हजार बनाउन लागिएको रक्षामन्त्री खाँडले बताउनुभएको नेपालखबरले लेखेको छ। 'बृद्धि भएको सेनालाई चाहिने आवश्यक लजिष्टिक सहयोग चीनसँग लिने हामीले गरेको प्रस्तावमा चीन तयार छ', उहाँले भन्नुभयो।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको अवसरमा पनि नेपाली सेनालाई चीनले उपलब्ध गराउने लजेष्टिक सहयोगको बारेमा थप छलफल हुनेछ।

1 2
जानकारी तथा लेखहरु