फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँगका विगतका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

(GMT+08:00) 2017-03-24 16:49:09

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व प्रधानमन्त्री तथा चीन विज्ञहरुले चीनले अघि सारेको वान बेल्ट वान रोड–ओबीओआरको समझदारी पत्रमा हस्ताक्षर गर्न सुझाव दिएका छन्। चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वअर्थमन्त्री र विज्ञहरुसँग बालुवाटारमा बिहिबार बिहान भएको छलफलमा प्रधानमन्त्रीलाई चीन–नेपाल कनेक्टिभिटिमा विशेष रुपमा काम गर्न सुझाव दिइएको नेपालखबर अनलाईनले जनाएको छ।

प्रधानमन्त्रीले आफू मुख्यतः पोआउ सम्मेलनमा सहभागी हुन चीन जान लागेको जानकारी दिँदै यसक्रममा उच्च स्तरीय भेटघाट र छलफल हुने भएको भन्दै पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग सल्लाह र सुझाव माग्नुभएको थियो। प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण मुलतः सदभावना भ्रमण भएको बताउँदै चीनसँग विश्वासको वातवरण बनाएर भ्रमणलाई फलदायी बनाउन चाहेको सुनाउनुभयो।

चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले तेल र रेलसहित विगतमा ओली सरकारले अगाडि बढाएको पारवहन सम्झौतालाई लागू गर्ने गरी काम गर्न सुझाउनुभयो। प्रधानमन्त्रीलाई ओबीओआर(एक पाटो एक बाटो)को सम्झौतापत्रमा हस्ताक्षर गर्न र रसुवागढीमा सबै जिल्लाका मानिस आवतजावत गर्न मिल्ने गरी अन्तराष्ट्रिय पोर्टको रुपमा विकास गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएको नेपाल चेम्बरस अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताउनुभयो। भेटमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पूर्व मन्त्रीहरु, विज्ञ र उद्योगीव्यवसायी सहभागी थिए।

जानकारी तथा लेखहरु