फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक पेटी एक मार्गको कार्यान्वयनले नेपाल स्वीजरल्याण्डजस्तै विकसित हुने चिनियाँ विज्ञको भनाइ

(GMT+08:00) 2017-03-24 16:50:32

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ प्रध्यापक तथा विदेश मन्त्रालयका अधिकारीहरुले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि बढाएको 'वान बेल्ट वान रोड' विश्वका सबै मुलुकको हितमा रहेकाले त्यसमा आबद्ध हुन आग्रह गरेका छन्। ओबीओआरको कार्यान्वयनले नेपाल स्विजरल्याण्ड बन्ने प्राध्यापकहरुले बताए। नेपालको आफ्नो तयारीमा पनि त्यो निर्भर गर्ने हुनाले ब्यवस्थित तयारीसहित यसमा नेपाल अघि बढेमा मुलुकको विकास टाढा नभएको उनीहरुको भनाइ छ। ओबीओआर सडक संजालमात्र होइन भन्ने बुझाउन नसक्नु नै आफूहरुको समस्या रहेको बताए।

चीनले विश्व शान्ति र समृद्धिका लागि नै यो अभियान अघि बढाएको र उक्त अभियान राष्ट्रसंघ सुरक्षा परिषदबाट अघि बढेको भन्दै यसमा सहमत हुन हिचकिचावट गर्न नहुने चिनियाँ बौद्धिक समूहको सुझाव रहेको छ। चीन अध्ययन केन्द्रले 'बेल्ट एन्ड रोड इनिसिएटिभ' विषयमा बिहीबार आयोजना गरेको कार्यक्रममा ओबीओआरका चिनियाँ विज्ञ प्राध्यापक वाङ यिभले गरिबी र विकासका व्यवधान अन्त्य गर्न चिनियाँ राष्ट्रपति सीले अघि बढाएको धारणामा विश्वमा 50 भन्दा बढि देश सहमति जनाइसकेका जानकारी दिनुभयो।

'चीनले छिमेकबाट नै यो अभियान अघि बढाउने हुनाले नेपालको साथ खोजेको छ।यसले नेपाललाई पनि हित गर्छ।ओबीओआर भनेको सडक संजालमात्र होइन। रेल, सडक, लगानी, कूटनीतिक अन्तरक्रिया सबै विषय यसमा रहन्छ,' उहाँले भन्नुभयो, 'चीन र दक्षिण एसिया जोड्ने हवको रुपमा नेपाल अघि बढ्न सक्छ।

बिहीबार अध्ययन केन्द्रले लगातार दुई कार्यक्रम गरेको ईकान्तिपुर अनलाईनले जनाएको छ। पहिलो सत्रमा नेनमिन विश्वविद्यालयका प्राध्यापक र नेपालका बुद्धिजिवी तथा पूर्व राजदूतहरुको सहभागिता थियो। दोस्रोमा पत्रकारसंग अन्तरक्रिया गराउदै ओबीओआरको विषयलाई स्पष्ट पार्ने पहल भएको थियो। 'काठमाडौ पोस्ट'का प्रधानसम्पादक अखिलेश उपाध्यायले बेल्ट एन्ड रोड इनिसिएटिभले नेपाललाई हानी नगर्ने बताउनुभयो।

ओबीओआरमा लामो बहस भइरहेको उल्लेख गर्दै उपाध्यायले यो विषय बुझाउन संचारमाध्यको पनि भूमिका रहन्छ। औपचारिक दस्तावेजमा नेपालसँगको प्राचिन सम्बन्ध, सीमापार व्यापार तथा ऊर्जा आपूर्तिजस्ता विषय उल्लेख भएकाले चीनको प्रस्तावित उक्त योजना कार्यावन्यनले नेपालको अहित नहुने उहाँले बताउनुभयो।

काठमाडौं स्कुल अफ लका प्राध्यापक डा. युवराज संग्रौला, योजना आयोगका पूर्वअध्यक्ष प्राध्यापक डा. पिताम्बर शर्मा र पूर्व राजदूत डा. शम्भुराम सिम्खडाले ओबीओआरको महत्वबारे नेपाली धारणा प्रस्तुत गरेका थिए। संग्रौलाले नेपाली मानसिकताको विषय उठाएका थिए भने डा. सिम्खडाले नेताहरु सबै विषयमा आफै जान्ने हुदा समस्या निम्तिएको बताएका थिए। डा. शर्माले ओबीओआरको बुझाई गहिराई सम्म नुहुदा समस्या आएको र जन स्तरबाट यसमा पहल हुनुपर्ने बताउका थिए ।

जानकारी तथा लेखहरु