फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तीव्र आयात सँगै नेपालको यस वर्षको कूल घाटा 8 खर्ब रुपैयाँ नाघ्ने

(GMT+08:00) 2017-03-24 16:51:35

तीव्र रूपमा आयात बढेसँगै यो वर्ष कुल व्यापार घाटा 8 खर्ब रुपैयाँ नाघ्ने देखिएको छ। चालु आर्थिक वर्षको पहिलो 7 महिनाको तथ्यांकका आधारमा वार्षिक व्यापारघाटा 8 खर्ब नाघ्ने आकलन गरिएको हो। अनुमानअनुसारै व्यापार घाटा बढे त्यो हालसम्मकै सबैभन्दा बढी हुनेछ।

सात महिनामै व्यापार घाटा सवा 5 खर्ब रुपैयाँ पुगेको छ। यसअनुसार मासिक घाटा करिब 71 अर्ब रुपैयाँ छ। यही रफ्तारमा व्यापार भइरहे सहजै 8 खर्ब नाघ्ने विज्ञहरूको भनाइ छ। गत आर्थिक वर्ष नेपालको कुल व्यापार घाटा 7 खर्ब 3 अर्ब 48 करोड रुपैयाँ थियो। 'रेमिट्यान्स आप्रवाह पनि बढिरहेकै छ, विदेशी सहायता पनि आइरहकै छ। यसले मुलुकभित्र माग कम हुने देखिँदैन,' अर्थविद् पोषराज पाण्डेले भन्नुभयो, 'देशभित्र उत्पादन नभएपछि आयात घट्दैन र त्यसले घाटा पनि बढाइरहन्छ।'

पुनर्निर्माणले गति लिने र सरकारले पुँजीगत खर्च पनि बढाउने हो भने घाटा ९ खर्बसम्म पुग्ने आकलन अर्थविदहरूको छ। हालसम्म 22 प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ। पुनर्निर्माणको दोस्रो किस्ता वितरण बढ्न गयो भने यसले पनि माग बढाउनेछ।

वार्षिक व्यापार घाटा गत वर्षको भन्दा बढी हुने राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताउनुभयो। गत वर्षको तुलनामा यस वर्ष निर्माणाधीन आयोजनाहरूको काम तीव्र भएको, रेमिट्यान्स बढेको, व्यावसायिक आत्मविश्वास उच्च भएको लगायत कारणले पनि व्यापार घाटा उल्लेख्य रूपमा बढ्ने उहाँको तर्क छ।

जानकारी तथा लेखहरु