फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको आयात निर्यात ठूलो मात्रामा बृद्धि

(GMT+08:00) 2017-03-24 16:52:46

चालू वर्षको जनवरीदेखि फेब्रअरीसम्मको अवधिमा तिब्बत स्वायत्त प्रदेशको निर्यातआयातमा संलग्न कूल रकम 1 अरब 27 करोड 10 लाख चिनियाँ युआन(आर.एम.बी) पुगेको र गत वर्षको सोही अवधिको तुलनामा 2.95 प्रतिशतले वृद्धि भएको छ।

ल्हासा भन्सारले जनाएअनुसार, नेपालबाट तिब्बतमा आयातित तथा नेपालतर्फ निर्यातमा संलग्न रकम 38 करोड 20लाख चिनियाँ युआन बराबर भएको र गत वर्षको सोही अवधिको तुलनामा 37.22 प्रतिशतले बृद्धि भएको छ।

ल्हासा भन्सारका जिम्मेवार व्यक्तिले जानकारी दिए अनुसार, सन् 2015मा नेपालमा विनाशकारी भूकम्प गएपछि तिब्बतले केरुङ नाकाको पूर्वाधार तथा नाकाको भूमिकाको निर्माणमा महत्व दिँदै आएको छ र हाल सो नाका दक्षिण एशिया उन्मुख मुख्य स्थल बाटो बनिसकेको छ।

जानकारी तथा लेखहरु