फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली पूर्वाधार लगानी बैंकको सदस्य संख्या सत्तरीसम्म विस्तारित

(GMT+08:00) 2017-03-24 16:54:05

एशियाली पूर्वाधार लगानी बैंकको बोर्डमा थप तेह्र वटा इच्छुक सदस्यलाई प्रवेश अनुमति दिइएको छ। जसबाट सो बैंकको सदस्यको संख्या 57 बाट 70 सम्म विस्तारित भएको छ। एशियाली पूर्वाधार लगानी बैंकले व्यापक रुपमा अन्तर्राष्ट्रिय समाजबाट स्वीकृति पाएको सम्बद्ध विशेषज्ञले जनाएका छन्।

सन् 2016मा सो बैंक स्थापित भएयता, नयाँ सदस्य थपिएको यो पहिलो पटक हो। थप सदस्यहरुमा अफगानिस्तान लगायत पाँच वटा एशियाली मुलुक वा क्षेत्र हुन् भने बेल्जियम, क्यानडा लगायत आठ वटा सदस्य एशिया बाहिरका रहेका छन्।

एशियाली पूर्वाधार लगानी बैंकका गभर्नर चिङ लीछ्युनले चालू वर्षमा बोर्डमा अन्य सदस्यको आवेदनबारे पनि विचार गर्नसक्ने धारणा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु