फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

14औं दलाई लामा चीनलाई पृथक पार्ने अडान अपरिवर्तित

(GMT+08:00) 2017-03-24 16:55:09

मार्च तेइस तारिख सय जना चिनियाँ तथा विदेशी पत्रकारहरुले पैचिङस्थित चीन तिब्बती शास्त्र अनुसन्धान केन्द्रमा भेला भएर तिब्बती संस्कृतिको संरक्षण लगायतका विषयबारे चीनका तिब्बती शास्त्र विशेषज्ञहरुसँग आदानप्रदान गरेका छन्।

प्रेस ट्रस्ट अफ इन्डियाका पत्रकारले सोधेको 14औं दलाई लामा सम्बन्धि प्रश्नको जवाफ दिँदै अनुसन्धान केन्द्रको आधुनिक अनुसन्धान कार्यालयका प्रमुख ल्यान स्याङमिनले भन्नुभयो केन्द्रिय सरकारले दलाई लामाप्रति अंगालेको नीति निरन्तर भएको छ कि एक, दलाई लामाले तिब्बत स्वतन्त्र भन्ने बाटोलाई छोड्नुपर्छ। दुई, तिब्बतलाई पृथक पार्ने गतिविधिलाई बन्द गर्नुपर्छ। तीन, दलाईले तिब्बत चीनको एक अविभाज्य भाग हो भन्ने कुरालाई स्विकार गर्नुपर्छ र चार, दलाईले थाइवान चीनको एक भागलाई खुलस्त रुपमा स्विकार गर्नुपर्छ।

विशेषज्ञ ल्यानका अनुसार, गत शताब्दीको असी दशकदेखि यता चीनको केन्द्रिय सरकारले 14औं दलाई लामाको निजी प्रतिनिधिसँग दुई चरणको वार्ता गरेको छ र ती दुई चरणका वार्ता चीनलाई पृथक पार्ने उनको राजनैतिक अडान अपरिवर्तित रहेकोले स्थगित भएका थिए।

दलाई चीन फर्कने सम्भावना विद्यमान नै छ र यसको पूर्वाधार दलाईले तिब्बती जनताको विपक्षमा नभएर तिब्बती जनताको अडानमा उभिनुपर्ने विशेषज्ञ ल्यानले बताउनुभयो।

जानकारी तथा लेखहरु