फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानव भाग्य समुदायको महत्वपूर्ण अवधारणा पहिलो पटक संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको निर्णय-प्रस्तावमा उल्लेख

(GMT+08:00) 2017-03-24 16:57:00

जेनेभामा आयोजित संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको 34औं सम्मेलनले मार्च महिनाको 23 तारिख "अर्थतन्त्र, समाज, सँस्कृति अधिकार" र "खाद्य अधिकार" यी दुई वटा निर्णय-प्रस्ताव पारित गरेको छ। उक्त निर्णय-प्रस्तावमा "मानव भाग्य समुदायको सिर्जना" भन्ने कुरा उल्लेख गरिएको छ। मानव भाग्य समुदायको महत्वपूर्ण अवधारणा मानव अधिकार परिषदको निर्णय-प्रस्तावमा उल्लेख गरिएको यो पहिलो पटक हो।

चालू वर्षको जनवरीमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले जेनेभास्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा "मानव भाग्य समुदायको संयुक्त रुपमा सिर्जना" भन्ने महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो। राष्ट्राध्यक्ष सीले मानव भाग्य समुदायको महत्वपूर्ण अवधारणाबारे चौतर्फी र गहन रुपमा ब्याख्या गर्नुभएको थियो। अन्तर्राष्ट्रिय समाजले यसबारे सक्रियताका साथ प्रतिक्रिया जनाएको छ। विभिन्न पक्षले यसको स्वागत र उच्च मूल्यांकन गरेको छ। मार्च महिनाको एक तारिख चीनले मानव अधिकार परिषदको 34औं सम्मेलनमा 140 वटा मुलुकको तर्फबाट "मानव अधिकारको प्रवर्द्धन र संवर्द्धन, मानव भाग्य समुदायको संयुक्त सिर्जना" भन्ने संयुक्त वक्तव्य प्रकाशित गरेको छ। उक्त वक्तव्यप्रति व्यापक प्रतिक्रिया जनाइएको छ।

जानकारी तथा लेखहरु