फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच पाँचौं चीन-अस्ट्रेलिया प्रधानमन्त्रीस्तरीय वार्षिक भेटघाट

(GMT+08:00) 2017-03-24 18:39:11

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले स्थानीय समयअनुसार मार्च 24 तारिख विहान क्यानबेरा सँसद भवनमा अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोल्म टर्नबुलसँग पाँचौं चीन-अस्ट्रेलिया प्रधानमन्त्रीहरुको वार्षिक भेटघाट गर्नुभएको छ।

सो अवसरमा लीले चीनले अस्ट्रेलियासँग पारस्परिक रुपमा सम्मान र समान सिद्धान्तको आधारमा पारस्परिक विश्वासलाई बढाउने, अर्थतन्त्र तथा व्यापार, जनस्तर, कानूनी कार्यान्वयनआदि क्षेत्रहरुको सहयोग स्तरलाई माथि उकास्ने, चीन र अस्ट्रेलियाको सम्बन्ध र सहयोगको नयाँ विकासलाई अगाडि बढाउने आशा लिएको कुरा बताउनुभयो।

टर्नबुलले चीनले आर्थिक विश्वव्यापीकरणलाई प्रर्बद्धन गरेको र बजारको खुलापनलाई अगाडि बढाएकोमा उच्च प्रशंसा गरेको कुरा बताउनुभयो। अस्ट्रेलियाले चीनसँग मिलेर आदान-प्रदानलाई बढाउने, मित्रतालाई सबल पार्ने, सहयोगलाई विस्तार गर्ने, अस्ट्रेलिया, चीन र विश्वको विभिन्न मुलुकलाई शान्ति र समृद्धि साकार तुल्याउन अगाडि बढाउने आशा लिएको कुरा उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु